“प्रधानमन्त्री हुन्छु” : प्रचण्ड

१ फाल्गुन २०७४, मंगलवार ०९:२४

फागुन १, काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू ढिलोछिटो प्रधानमन्त्री हुने बताएका छन् ।

गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘अहिले टुंगिएको त छैन । तर, ढिलोछिटो प्रधानमन्त्री भएर आउछु ।’


उनी अघि बोल्ने क्रममा कांग्रेस प्रतिनिधिले प्रचण्डलाई प्रधानमन्त्री भएर आउन शुभकामना दिएका थिए । आलोपालो प्रधानमन्त्री हुने एमाले र माओवादीको सहमतितर्फ संकेत गर्दै उनले ढिलो छिटो आफू सरकार प्रमुख हुने बताए ।

  • गरिब भएकाले नोबल पुरस्कार पाइनँ

सम्बोधनका क्रममा प्रचण्डले गरिव देश भएका कारण मात्र आफूले नोेबेल पुरस्कार नपाएको बताए ।

शान्ति सम्झौता गर्ने गिरिजाप्रसाद कोइराला र आफू गरिव देशको भएकाले पश्चिमाहरुले त्यति महत्व नदिएको उनको तर्क थियो ।

यद्यपि अहिले पश्चिमाहरुले नेपालको सान्ति प्रक्रियाबारे अध्ययन थालेको थाहा पाएको उनले बताए ।