घरेलु कामदारको श्रम स्वीकृति खुल्ने

२८ माघ २०७४, आईतवार ०९:२६

माघ २८, काठमाडौं ।

घरेलु कामदारहरुका लागि खुशीको खबर नेपाली दूतावास युएईकी द्वितीय सचिव बिष्णुकुमारी अधिकारीले घरेलु कामदारहरुलाई पुनः रोजगारीमा फर्कन श्रम स्वीकृति खोल्न सक्ने बताएकी छिन् ।

यो प्रक्रिया बन्द गरेका कारण थुप्रै घरेलु कामदार आफ्नो बिदामा पनि नेपाल जान पाइरहेका छैनन् ।

द्वितीय सचिव अधिकारीले नेपाल सरकारले १/२ महिनाभित्रैमा श्रम खोल्ने जानकारी आफुलाई प्राप्त भएको बताएकी छिन् । स्याङ्जा सहयोग समाज युएईको सातौ बार्षिक उत्सबमा आयोजित कार्यक्रममा सचीव अधिकारीले श्रम खुल्न लागेको बताएकी हुन ।

फेब्रुअरी ९ तारिख शुक्रबार युएईको वर दुबई स्थित सिल्भर स्पोन रेस्टुरेन्टमा समाजको सातौ वार्शिकोत्सब भब्यताका साथमा सप्पन्न भएको छ ।

नेपाली दूतावास आबुधाबीकि द्वितिय सचिब बिष्णुकुमारी अधिकारीको प्रमुख आतिथ्यता सम्पन्न उक्त बार्षिक उत्सबका सभापती संस्थाका अध्यक्ष खगेन्द्र गैह्रे थिए।

कार्यक्रम जन्मदिनको केक काटी राष्ट्रिय गानको धुन लगत्तै संस्थाका प्रबक्ता जीवन पंगेनीको स्वागत मन्तब्य बाट शुरु भएको थियो । कार्यक्रममा एनआएनए युएई , नेपाली समाज , पर्बत सेवा समाज , नेपाली कलाकार समूह , नेपाल पत्रकार महासंघ युएई , पाल्पाली समाज तथा धेरै जिल्लागत संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

जिल्लागत संस्थाहरुको तर्फबाट पाल्पाली समाजकी प्रथम उपाध्यक्ष ओमकुमारी खांडले छिमेकी जिल्ला तथा स्याङ्जा सहयोग समाज तथा अन्य संघसंस्थामा पाल्पालि समाज को सम्बन्ध कायम रहने बताएकी थिइन ।

कार्यक्रममा संस्थाका प्रबक्ताले घरेलु महिला कामदारको समस्या को बारेमा बताउदै नेपाली राजदुतावास आबुधाबी कि द्वितिय सचिब बिष्णु कुमारी अधिकारीले केही महिलाहरु कम्पनीको भिसा लिएर घरमा काम गरिरहेको तथ्य पनि सार्वजनिक गरिन ।

कम्पनीको भिसा लाएर घरमा काम गर्नु स्थानीय कानुनको बिपरित भएको स्मरण गराउदै उक्त कार्य गलत भएको बताईन । यहि सिलसिलामा उनले अबको १-२ महिनामा घरेलु महिलाको श्रम खुल्ने पनि बताईन ।

कार्यक्रममा समाजको स्थापना कालदेखि अहिलेसम्म संस्थामा आईपरेका समस्याहरुसंग जुध्दै यो स्थान सम्म ल्याई पुर्याउने अग्रजहरु तथा आजिवन सदस्यहरुलाई मांयाको चिनो तथा सम्मान पत्र प्रदान गरिएको थियो ।