माघ २८, काठमाडौं ।
क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकसँगै रियल मड्रिडले स्पेनिस ला लिगामा रियल सोसिडाडमाथि शानदार जित हात पारेको छ ।
च्याम्पियन्स लिगमा पीएसजीसँग खेल्नु अघि शनिबार राति भएको खेलमा रियलले सोसिडाडलाई ५-२ गोल अन्तरले हराएको हो ।
घरेलु मैदान बेर्नाबाउमा भएको खेलमा रियलले पहिलो मिनेटमा नै अग्रता लिएको थियो ।
२७ औं मिनेटमा रोनाल्डोले गोल गरे । ३४ औं मिनेटमा टोनी क्रुजले गोल गरे भने तीन मिनेटपछि नै रोनाल्डोले गोल गरेपछि घरेलु टोली पहिलो हाफमा ४-० को अग्रता लियो ।
दोस्रो हाफमा भने रियल सोसिडाडले सुधारिएको प्रदर्शन गरेको छ । ७४ औं मिनेटमा बाटिस्टाले गोल गरे ।
तर, ८० औं मिनेटमा रोनाल्डोले हृयाटि्रक पूरा गरे । यो उनको ला लिगामा ३३ औं हृयाट्रिक हो ।