हवाईजहाजभित्र यात्रुले नांगै भएर उफ्रिन थालेपछि ……एयर होस्टेजहरुको आग्रह अस्विकार

२७ माघ २०७४, शनिबार ०१:४६

माघ २७, काठमाडौं । एजेन्सी

अमेरिकाको सिएटलबाट एंकोरेजका लागि उडेको एउटा जहाज पुनः एंकोरेज विमानस्थलमै फिर्ता हुन बाध्य भएको छ ।

मध्य आकाशमा उडिरहेको अलास्का एयरलाइन्सको जहाजभित्र एकजना यात्रुले नांगिएर तमासा गरेपछि जहाजलाई उडान भरेकै विमानस्थलमा फिर्ता गर्नुपरेको हो ।


समाचार अनुसार जहाजभित्र रहेको एकजना यात्रु जहाजको बाथरुममा छिरेर जिउका सबै कपडा फुकालेर तमासा गर्न थालेका थिए ।

एयर होस्टेजहरुले ती यात्रुलाई कपडा लगाएर आफ्नो सिटमा गएर बस्नका लागि बारम्बार आग्रह गरेपनि उनले अस्विकार गरी नांगै उफ्रिन थाले । त्यसपछि जहाजको पाइलटलाई उक्त परिस्थितिको जानकारी गराइयो । पाइलटले उक्त घटनापछि जहाजलाई सिएटल लग्नुको साटो फर्काएर एंकोरेज ल्याउनु नै छिटो हुने ठानी जहाज मोडे । रातको तीन बजे जहाज एंकोरेज विमानस्थलमा फिर्ता भएर अवतरण ग¥यो ।

जहाज अवतरण भएपछि पुलिसले जहाजभित्रबाट उक्त व्यक्तिलाई बाहिर निकाल्यो । ती मानिसलाई बाहिर निकालेपछि साढे ६ बजे पाइलटले जहाजलाई पुनः सिएटल तर्फ उडाएका थिए ।