माघ २७, काठमाडौं ।
सरकारले राष्ट्रियसभाका तीन सदस्य सिफारिस गर्ने अधिकार प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकमा यसबारे छलफल भएको थियो ।
तर, दलहरुसँग परामर्श गरेर नाम सिफारिस गर्ने जिम्मा देउवालाई दिइएको कानुनमन्त्री यज्ञबहादुर थापाले बताए ।

राष्ट्रियसभा सदस्यका लागि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल, कांग्रेसका पुराना नेता गोपाल बस्नेत र चाँदनी जोशीको नाम चर्चामा छ ।
तर, एमालेले भने तीन सदस्य सिफारिस गर्ने अधिकार नयाँ सरकारलाई हुने बताउँदै आएको छ ।
