चाँगुनारायणमा मृत महिला भेटिइन्

२६ माघ २०७४, शुक्रबार ११:१७

माघ २६, काठमाडौं ।

भक्तपुरको चाँगुनारायण–६, खरिपाटीस्थित बेसी टोलमा एक महिलालाई मृत अवस्थामा फेला पारिएको छ ।

मृत अवस्थामा फेला पर्नेमा ३० वर्षीय पुतली तामाङ छिन् ।


उनलाई शुक्रबार बिहान ९ बजे मृत भेटिएको हो ।

अहिले महानगरीय प्रहरी परिसर, भक्तपुरको प्रहरी टोली घटनास्थलतर्फ गएर अनुसन्धान सुरु गरेको छ ।