८ तोला सुनसहित बर्दिवासमा एक जना पक्राउ

२५ माघ २०७४, बिहीबार ०९:२९

माघ २५, काठमाडौं ।

इलाका प्रहरी कार्यालय, बर्दिवासले बिहीबार बिहान ८ तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा यज्ञभूमी–९ का २७ वर्षीय किरण राई छन् ।


प्रहरी नायब उपरीक्षक प्रबिन पोखरेलका अनुसार बर्दिवास–१ स्थित भोला बसन्त चोकमा चेकजाँचको क्रममा राइलाई सुनसहित पक्राउ गरिएको हो ।

पक्राउ गरेको राईलाई प्रहरी कार्यालय बर्दिवासमा राखेर थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

राईले काठमाडौंको बाटो हुँदै सुन ल्याएको हुन सक्ने प्रहरी अनुसन्धानबाट खुल्न आएको उनले बताए ।

उनको थप अनुसन्धान भइरहेको छ ।