माघ २४, काठमाडौं ।
राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा प्रदेश ४ मा मतदान सकिएको छ ।
स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरु मतदाता थिए ।

निर्वाचन आयोगका अनुसार एक भोट मात्र खसेन । प्रदेशसभा सदस्य दिपक मनाङ्गे भनिने राजिव गुरुङ बाहेक अरु सबैले मतदान गरेका छन् ।
५ वर्ष जेल सजाय गर्ने पुनरावेदनको फैसलालाई सर्वोच्चले सदर गरेपछि फरार उनले सपथ नै लिएका छैनन् ।
निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेपछि मतगणना शुरु हुनेछ ।
