प्रदेश ३ को मुख्यमन्त्री छान्न चुनाव

२४ माघ २०७४, बुधबार ०७:३६

माघ २४, काठमाडौं ।

प्रदेश ३ को मुख्यमन्त्री बन्नका लागि करिब आधा दर्जन प्रत्याशी मैदानमा देखिएपछि एमालेले निर्वाचनबाट संसदीय दलको नेता छान्ने भएको छ ।

प्रदेश ३ कमिटीको बुधबार विहान बसेको सचिवालय बैठकले माघ २६ गते दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेर नेता चयन हुने एमाले पोलिटव्यूरो सदस्य तथा प्रदेश ३ का सांसद अरुण नेपालले जानकारी दिए ।

भावी मुख्यमन्त्री मानिएको प्रदेश ३ को दलको नेता बन्न एमालेमा करिब आधा दर्जन प्रत्यासी छन् । प्रदेश संयोजक तथा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री राजेन्द्र पाण्डे मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

उनीहरु दुवै माधव नेपाल पक्षका भए पनि पछिल्लो समय पाण्डे ओली पक्षमा देखिएका छन् ।