माघ २३, काठमाडौं ।
नायक अनमोल केसी र नायिका अदिती वुढाथोकीलाई फिचरिङ गरिएको चलचित्र ‘कृ’मा समावेश ‘मैले जानी नजानी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।
काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा नायक केसी र नायिका वुढाथोकी उपस्थित थिए ।
यो गीतमा अनमोल र अदिती रोमान्टिक देखिएका छन् ।
स्कटल्याण्डमा खिचिएको गीतको भिडियोबाट नायक केसी निकै सन्तुष्ट भएको बताए ।
सुवास गिरी र भूवन केसीले यो चलचित्रको निर्माण गरेका हुन् । चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गरेका हुन् ।
