माघ २१, काठमाडाौं ।
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले स्वराजको यो भ्रमणबाट नयाँ परम्पराको थालनी भएको र नेपालको समथ्र्य बढ्दोछ भन्ने देखिएको बताए ।
रिपोर्टस् क्लब नेपालमा नेता ज्ञवालीले नेपालमा सरकार बनाउन लागेको शक्तिसँग मिलेर काम गर्न तयार छौं भनेर प्रधानमन्त्रीको विशेष दूत आउनु सकारात्मक भएको बताए ।
एमाले सचिव ज्ञवालीले स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको दाबी गरे । एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको फोन वार्तामा दुवै पक्षले एक-अर्कालाई भ्रमणको निम्तो दिएको भन्दै उनले नयाँ सरकार बनेपछि मोदी नेपाल आउने बताए ।
संविधान जारी भएपछि भारतले आफ्नो नीति पुनरावलोकन गर्न चाहेको संकेत पाइएको ज्ञवालीको भनाइ छ । यद्यपि दुई देशको सम्वन्ध आगामी दिनमा कस्तो हुन्छ भन्ने ठोकुवा गर्न नसकिने बताए ।
