५ लाख नगद र १६ तोला सुनसहित हुण्डी कारोबारी पक्राउ

२१ माघ २०७४, आईतवार ०७:३०

माघ २१, काठमाडौं ।

प्रहरीले काठमाडौं महानगरपालिका–२१, भोटेबहालबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भइ कीर्तिपुर बस्दै आएका २५ वर्षीय आशिस कार्की छन् ।

कार्की सवार बा ८५ प ७६५८ नम्बरको मोटरसाइकललाई चेक गर्दा उनले बोकेकोे झोलाबाट उक्त रकम र सुन बरामद गरिएको जनाइएको छ ।

महानगरीय प्रहरी वृत, जनसेवाका डिएसपी मोहनकुमार थापाले कार्कीलाई ५ लाख ६५ हजार रुपैयाँ नगद र १६ तोला सुनसहित पक्राउ गरिएको बताए । कार्कीलाई शनिबार बेलुकी पक्राउ गरिएको हो ।