माघ २०, काठमाडौं ।
गैरकानुनी (अवैध) रुपमा कुवेतमा बसेका कामदारहरुलाई कुवेत सरकारले आममाफी दिने भएको छ ।
निश्चित समयका लागि यहाँको सरकारले कामदारहरुलाई आम माफी दिने निर्णय गरेको हो ।
कुवेती आवासीय भिसा समाप्त भएको वा एउटा रोजगारदाताबाट भागेर अर्काे रोजगारदातासँग काम गरेका कारण भगुवा मुद्दा लागेर गैरकानुनी भएकाहरुलाई कुवेत सरकारले आममाफी दिने निर्णय गरेको हो ।
यस्ता कामदारहरुका लागि यही माघ १५ गतेबाट फागुन १० गतेसम्म जरिवाना नतिरी स्वदेश र्फकन वा जरिवाना तिरी बैध हुने अवसर कुवेत सरकारले दिएको छ ।
कुवेत सरकारले आममाफीको निर्णय गरेपछि नेपाली राजदूतावास कुवेतले गैरकानुनी भएर बसेका नेपाली कामदारहरुलाई तोकिएको अवधिभित्रै सहजिकरणका लागि दूतावासमा सम्पर्क गर्न सूचित गरेको छ ।
स्वदेश र्फकन चाहनेहरुका लागि यात्रा अनुमतिपत्र तथा अन्य परामर्श प्रदान गरिने भएकोले विहान १० बजेदेखि तीन बजेसम्म कार्यालयमा सम्पर्क गर्न भनेको छ ।
- शुक्रबार र शनिबार समेत सोही अवधिभर कार्यालय खुला रहेका दूतावासले जनाएको छ ।
साथै, उक्त आममाफी अवधिमा स्वदेश नर्फकने र कुवेत बस्नका लागि बैध नहुने व्यक्ति कुवेती प्रहरीद्वारा पक्राउ परेमा डिपोर्ट (निर्वासित) हुने र त्यस्ता व्क्तिहरुगल्फ कर्पाेरेशन काउन्सिल (जीसीसी)का देशहरु (बहराइन, कुवेत, ओमन, कतार, साउदी अरेविया, यूएई) मा पुनः आउन नसक्ने दूतावासले स्पष्ट पारेको छ ।
