मन्त्रालयमा कर्मचारी अझै आएनन्

२३ माघ २०७४, मंगलवार १०:५०

माघ २३, काठमाडौं ।

प्रदेशसभाको बैठक प्रारम्भ भए लगतै प्रदेश ३ को रानधानी हेटौंडामा मुख्यमन्त्रीको कार्यालयसहित पाँच वटा मन्त्रालय खुले ।

मन्त्रालयको नाम भएको बोर्ड पनि झुण्ड्याइएको छ ।
तर, अझैसम्म मन्त्रालयमा कर्मचारी आएका छैनन् ।

सामान्य प्रशासन मन्त्रालयले सचिव उपसचिवसहित २ सय ७ जना कर्मचारी खटाएको बताएको छ । तर, दुइ सचिव र पाँच उपसचिव बाहेक अरु कर्मचारी अझैसम्म हाजिर हुन आएका छैनन् ।

कर्मचारी नआउँदा मन्त्रालय कर्मचारीविहीन जस्तै भएको छ ।

मुख्यमन्त्रीको कार्यालयसहित पाँच मन्त्रालय स्थापना भइसक्दा पनि कर्मचारी नआएको प्रदेश ३ मन्त्रिपरिषदको कार्यालयका सचिव रमेशप्रसाद सिवाकोटीले बताए ।

प्रदेशमा रहने ७ मध्ये मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय्, आन्तरिक मामिला तथा कानून, सामाजिक विकास, उद्योग पर्यटन तथा वातावरण र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्थापना भएको छ ।

मुख्यमन्त्रीको कार्यालयले आन्तरिक तयारी थालिसकेको छ भने आर्थिक मामिला र भौतिक पूर्वाधार विकास मन्त्रालयले भवन व्यवस्थापनको काम गरिरहेको छ ।

  • मुख्यमन्त्रीको कार्यालयमा २१,
  • आन्तरिक मामिलामा ४१,
  • आर्थिक मामिलामा १८,
  • भौतिक पुर्वाधारमा २४,
  • सामाजिक विकासमा ३०,
  • उद्योगमा २९
  • र भूमि व्यवस्था मन्त्रालयमा २९ जना कर्मचारी खटाइएको छ ।