भ्यालेन्टाइन अर्थात् प्रणय दिवसको विरोधमा गधा–कुकुरको बिहे

६ फाल्गुन २०७४, आईतवार ०९:१८

फागुन ६, काठमाडौं । एजेन्सी

प्रणय दिवस, अर्थात् भ्यालेन्टाइन डे हरेक वर्ष आउँछ, र मानिसहरु यसको पक्ष विपक्षमा लागेको देखिन्छ ।

यसको समर्थन र विरोध गर्ने शैली पनि आ-आफ्नै हुन्छ । भारतमा यसपटक चाहिँ अनौठो शैलीमा भ्यालेन्टाइन डेको विरोध भएको छ ।

भारतको चेन्नईमा गधा र कुकुरको बिहे गरेर भ्यालेन्टाइन डेको विरोध गरिएको छ ।

भारत हिन्दू फ्रन्ट नामक समूहले यस्तो अनौठो विरोध कार्यक्रमको आयोजना गरेको हो ।

गधा र कुकुरको बिहे गराएर प्रणय दिवसको विरोध गर्ने व्यक्तिहरुलाई पछि पुलिसले पक्राउसमेत गरेको छ ।

चेन्नइको चूलाई इलाकामा हिन्दू फ्रन्टका कार्यकर्ताहरुले कुकुर र गधालाई फूलमाला लगाइदिएर सडकमा ल्याएर बिहे गरिदिए अनि प्रणय दिवसको विरोधमा नाराबाजी पनि गरे ।