बलिउड नायिका श्रीदेवीको हृदयाघातले अस ामहीक मृत्यु

१३ फाल्गुन २०७४, आईतवार ०७:४६

फागुन १३, काठमाडौं ।

बलिउडकी हरेक इभेन्टमा छोरी जान्ह्वीलाई डोहोर्‍याउँथिन्, श्रीदेवी । उनकै पदचाप पच्छ्याउँदै छोरी बलिउड इन्ट्री गरिन् ।

करण जौहरको फिल्म ‘धडक’बाट जान्ह्वीले डेब्यु गरिन् । तर, आफ्नी छोरीको फिल्म हेर्न पाइनन् ।

पति बोनी कपुर र सानी छोरी खुसीसँग दुबईमा आफ्ना भान्जाको बिहेमा सरिक हुन गएकी उनको हृदयघातको कारण निधन भयो ।

बोनीका परिवार बिवाह सकेर दुबईवाट फर्किएका थिए । तर, बोनी, श्रीदेवी र छोरी खुशी त्यही बसे । जान्ह्वी चाहि फिल्म सुटिङको कारण दुबई जान पाएकी थिइनन् ।

  • बलिउड यात्रा

१३ अगस्ट १९६३ मा तामिलनाडुमा जन्मिएकी हुन्, श्रीदेवी । उनले आफ्नो करियर त्यसबेला सुरु गरिन्, जतिबेला उनी चार बर्षकी थिइन् । त्यसबेला उनले तमिल फिल्म गरेकी थिइन् । दक्षिण भारतिय फिल्ममा काम गरेपछि श्रीदेवीले हिन्दी भाषाको ‘जूली’ फिल्म खेलिन्, १९७५ । यतिवेलासम्म पनि उनी बाल कलाकारकै रुपमा थिइन् । जुलीबाट उनी बलिउडमा तानिएकी थिइन् ।

  • बोनी कपुरसँग बिवाह

फिल्मी जीवनले रफ्तार लिइरहेका बेला उनले बोनी कपुरसँग बिवाह गरिन् । यो सन् १९९६ को कुरा हो । बोनी बलिउडका फिल्म निर्माता थिए/हुन् । उनीहरुको प्रेम सम्बन्ध फिल्म ‘मिस्टर इन्डिया’को छायांकनको क्रममा भएको थियो ।

बिवाहपछि श्रीदेवी पारिवारिक जीवनमा फर्किइन् । उनको कोखबाट दुई छोरी भए । डेढ दशक उनले पारिवारिक विश्राम लिइन् ।

  • फिल्मी करियर

श्रीदेवीको डेब्यु १९७८ मा प्रदर्शित फिल्म ‘सोलहवां सावन’ लाई मानिन्छ । त्यसपछि उनले हिम्मतवाला, मवाली, तोहफा, नगीना, आखिरी रास्ता, कर्मा, मिस्टर इन्डिया र चाँदनी जस्ता फिल्म खेलिन् ।

  • श्रीदेवीसँग जोडिएको रोचक कुरा

-श्रीदेवीले आफ्नो करियर बाल कलाकारको रुपमा सुरु गरेकी थिइन् ।

-बलिडउड आउनुअघि उनले दक्षिण भारितय फिल्मबाट करियर थालेकी थिइन् ।

-८० को दशकमा हिन्दी फिल्ममा श्रीदेवीको राज थियो ।

-१९९७ मा ‘जुदाई’ खेलेपछि उनले १५ बर्षसम्म विश्राम लिइन् ।

-यसबीचमा उनले फिल्म निर्माता बोनी कपुरसँग बिवाह गरिन् ।

-बोनी कपुरका दोस्रो श्रीमति हुन्, श्रीदेवी । बोनी कपरकी पहिलो श्रीमतिको नाम मोना थियो, जसको क्यान्सरको कारण निधन भयो ।

-श्रीदेवी र मिथुन चक्रवर्तीको भेट फिल्म ‘हम पांच’को क्रममा भएको थियो । त्यसका निर्देशक बोनी कपुर थिए । शुटिङका क्रममा श्रीदेवी र बोनी कपुरबीच सम्बन्ध रहेको मिथुनले थाहा पाएका थिए ।

-तर, मिथुनलाई उक्त कुरा लुकाउनका लागि श्रीदेवीले मिथुनकै अगाडि बोनीको हातमा राखी बाँधिदिएकी थिइन् ।

-श्रीदेवी पूजापाठ, धर्मकर्ममा निकै विश्वास गर्थिन् । श्रीदेवीका एक समूह यस्ता पनि छन्, जसलाई उनीहरु धार्मिक ग्रुप भन्थे ।

-श्रीदेवी आफ्नी दुई छोरीलाई अत्यन्तै प्रेम गर्थिन् । अक्सर उनी छोरीहरुसँगै हुन्थिन् ।