चिरपट प्रहारबाट मृत्यु

२४ माघ २०७४, बुधबार ११:३४

माघ २३, काठमाडौं ।

काठमाडौंको मनोहरामा आफ्नै साथीले चिरपट तथा ढुंगा प्रहार गर्दा एक व्यक्तिले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा सिन्धुलीगढी घर भइ काठमाडौं बस्दै आएका यकिन नाम नखुलेका सानु मगर छन् ।


मंगलबार राति साथीसँग भएको विवादले उग्र रुप लिँदा उनको हत्या भएको थियो ।

मिस्त्री काम गर्ने उनलाई सहकर्मी खोटाङ चिसापानी–९ घर भइ काठमाडौं बस्दै आएका ४२ वर्षीय प्रेम खड्का भनेर समेत चिनिने राजन कटुवालले हत्या गरेका थिए ।

सानुको हत्या गरी फरार रहेका खड्कालाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बुधबार पक्राउ गरेको छ ।

र आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी वृत, बौद्ध पठाइएको छ ।