केन्याविरुद्ध नेपालले फिल्डिङ गर्दै

२९ माघ २०७४, सोमबार ०७:४९

माघ २९, काठमाडौं ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को आफ्नो चौथो खेलमा नेपालले केन्याविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।


नामिबियाको विन्डहकमा हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्न लागेको हो ।

नेपालले यसअघि भएका तीन खेलमा दुईवटामा जीत र एउटामा हार ब्यहोरेको छ । नेपालले नामिबिया र युएईलाई पराजित गर्‍यो भने ओमानसँगको खेल गुमायो ।

नेपाल र केन्याबीच यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत दुई म्याच भएका थिए ।

काठमाडौंमा भएको दुई म्याचमध्ये नेपालले एक जित र एक हार व्यहोरेको थियो ।