कृ’को विशेष शो कुमारी हलमा

२९ माघ २०७४, सोमबार ०८:११

माघ २९, काठमाडौं ।

नायक अनमोल केसी र नायिका अदिती वुढाथोकीको मुख्य भूमिका रहेको चलचित्र ‘कृ’को विशेष शो काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको छ ।

शुक्रबारदेखि रिलिज भएको चलचित्रको प्रिमियर शो आयोजना गर्न निर्माणपक्षले नभ्याएपछि यसको विशेष शो आयोजना गरिएको हो ।

विशेष शोमा चलचित्र क्षेत्रका चर्चित अनुहारहरु पुगेका थिए ।

चलचित्र हेर्न सरोज खनाल, सिताराम कट्टेल, कुञ्जना घिमिरे, भूवन चन्द, प्रदिप भट्टराई, संचारकर्मी रवि लामिछाने, शोभित बस्नेत हलमा पुगेका थिए ।

चलचित्र हेरेका अधिकांशले यसको मेकिङ, एक्सन र प्राविधिक पाटोलाई प्रशंसा गरे ।

नेपालमा पनि यस्तो चलचित्र बन्न थालेको भन्दै उनीहरुले खुशी व्यक्त गरेका थिए ।

नायक अनमोल केसीको भूमिका र उनको मिहिनेतको पनि खुलेरै प्रशंसा भयो ।

सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्रलाई सुवास गिरी र भूवन केसीले मिलेर बनाएका हुन् ।

चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।