“कुटुमा कुटु” यूट्यूबमा पाँच करोडपटक हेरियो (हेर्नुस् गीतको भिडियो)

१६ फाल्गुन २०७४, बुधबार १०:३८

फागुन १६, काठमाडौं ।

चलचित्र “२ रुपैयाँ”को चर्चित गीत ‘कुटुमा कुटु’ ले यूट्यूबमा ५ करोड भ्यूज नघाएको छ । नेपाली संगीत क्षेत्रका लागि यो एउटा दुर्लभ कीर्तिमान हो ।

यूट्यूबमा अपलोड गरेकै दिनदेखि यो गीतले कीर्तिमानमाथि कीर्तिमान कायम गर्दै आएको थियो । यूट्यूबमा मात्र नभएर मेलापातदेखि डान्स पार्टीसम्म गीत उत्तिकै लोकप्रिय छ ।

सबै उमेर समुहका नेपालीहरुको ओठमा यो गीत झुण्डिएको छ । गीतको कोरियोग्राफी पनि उत्तिकै रुचाइएको छ ।

यस गीतका संगीतकार राजनराज शिवाकोटीले आफ्नो सिर्जना यति धेरै लोकप्रिय होला भन्ने परिकल्पनासमेत नगरेको बताएका छन् ।

‘म आफूलाई भाग्यशाली ठान्दछु, यो अर्थैमा कि मैले तपाईंहरुलाई मन पर्ने गीत बनाउन सकेँ, जुन ईश्वरको कृपा हो,’ उनले फेसबुकमा लेखेका छन् ।

उनले यो टिम वर्कको नतिजा भएको उल्लेख गरेका छन् ।

  • (हेर्नुस् गीतको भिडियो)

पछिल्लो समय राजनराजद्वारा संगीतबद्ध थुप्रै गीतहरु यूट्यूबमा करोड भन्दा धेरै भ्यूज भएको छ ।