काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकलमा सवार युवतीको मृत्यु

२५ माघ २०७४, बिहीबार ०८:५३

माघ २५, काठमाडौं ।

काठमाडौं महानगरपालिका–९, सिनामंगलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको इटहरी निवासी १९ वर्षीय रबिना ओझा छिन् ।बिहीबार बिहान बा २ ख ५४२१ नम्बरको बसले बा ८० प ३७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

लगत्तै, उनलाई उपचारका लागि केएमसी अस्पताल, सिनामंगलमा पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।