एमाले संसदीय दलको नेतामा ओली चयन

३ फाल्गुन २०७४, बिहीबार ०८:३०

फागुन ३ , काठमाडौं ।

एमाले संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् ।

बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संंसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत रुपमा नेता चयन गरेको हो ।

बैठकमा एमाले नेता माधवकुमार नेपालले ओलीलाई संसदीय दलको नेता चयन गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।

ओली बिहीबार नै प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।