प्रदेशको राजधानी माग गर्दै सिंहदरवार घेराउ

२३ पुष २०७४, आईतवार ०७:३५

पुष २३, काठमाण्डौं ।
प्रदेशको राजधानी माग गर्दै सरकारलाई दबाब दिन जनप्रतिनिधिहरुले सिंहदरवार घेरेका छन् ।

जसअन्र्तगत प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेतालाई समेत ज्ञापनपत्र बुझाउँने त्रलम शुरु भएको छ । प्रदेश नम्बर एकको राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा दिनहुँ धर्ना हुदैं आएको छ । प्रदेश मुकाम धनकुटा कायम नहुँदासम्म आन्दोलन जारी रहने नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले बताएका छन् । सरकारले प्रदेश मुकाम घोषणा गर्न छानबिन गरी सिफारिस गर्न बनाएको समितिले विराटनगरलाई सिफारिस गरेपछि धनकुटाका जनप्रतिनिधिहरुसहित विभिन्न राजनीतिक दलका स्थानीय नेताले काठमाडौंमै आएर धर्ना दिएका हुन् ।