तेजेन्द्र के.सी.
पौष २१, बुटवल ।
रुपन्देहीको देवदह नगरपालिकामा बार्ड नम्बर २ ढेकावारमा गोली प्रहारबाट ३५ बर्षिय बसन्त पौडेल.(बलु )को हत्या भएको बिरोधमा बुटवलमा अहिले बन्द भएको छ । तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवाहरुले १२ बजेदेखी बन्द गरेका हुन् । बन्दबाट पुर्व पस्चीम राजमार्गमा चल्ने सवारी साधन रोकिएका छन् ।
अज्ञात ब्यक्तीले शुक्रवार बिहान सवा ११ बजे पौडेललाई आफ्नो स.मिल देवदहमा आगो तापेर बसेका बेला गोली प्रहार गरेका थिए । पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको अस्पताले जनाएको छ। पौडेल देवदह गाबिसका पूव अध्यक्ष तथा एमाले स्थानीय नेता निलकण्ठ पौडेलका एक्ला छोरा हुन् ।
एक बर्षअघि सोही गाउंमा युवा संघका नेता दुर्गा तिबारीको हत्या भएको थियो । बसन्त दुर्गाका नजिकका साथी थिए । शनिवार हत्याको बिरोधमा रुपन्देही बन्द गर्ने युवा संघ अध्यक्ष नकुल शाह ठकुरीले बताए ।घटना लगत्तै आफूलाई मलेसियाबाट मनोज पुन बोलेको बताउने ब्यक्तीले बुटवलका केही सञ्चारकर्मीलाई फोन गरी हत्या आफूले गरेका बताएका छन् ।
एक बर्षअघि पनि उनले यस्तै फोन गरी दुर्गाको हत्या आफूले गराएको बताएका थिए । गोली कसले चलायो भन्नेबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बुटबलका डीएसपी पवन भट्टराईले बताए । हत्यामा संलग्नको पहिचान नभएको र अनुसन्धान सुरु गरिएको जानकारी दिए । गोली प्रहार गर्ने ब्यक्ती कालो डिस्कभर मोटरसाईकलमा रोहिणी खोला तिर भागेको स्थानीयले बताएका छन् ।



