तेजेन्द्र के.सी.
पुस २१, बुटवल ।
राजधानी रुपन्देहीमा राख्न माग गर्दै नेपाली कांग्रेसले बिहीबार बिहान रुपन्देहीमा चक्काजाम गरेको छ ।
साझ उसैको भातृसंगठन नेविसघले चक्काजाम गरेको छ । बिहान ९ बजेदेखि १० बजेसम्म बुटवलको अस्पताललाइन, मणिग्राम चोक र मुर्गियामा चक्काचाम गरेको हो ।
चक्काजाममा सहभागीले मन्त्रीपरिषदको बैठकले प्रदेशको राजधानी दाङ घोषणा गरे त्यसलाई कुनै हालतमा नमान्ने चेतावनी दिएका थिए ।चक्काजामका कारण पूर्व–पश्चिम महेन्द्रराजमार्ग र सिद्धार्थ राजमार्गमा १ घण्टा आवागमन अवरुद्ध भएको थियो ।
साझ नेवि संघले बुटवल बहुमुखी क्यापस अगाडि १ घण्टा चच्काजाम गरेको छ । सरकारले तत्कालका लागि अस्थायी राजधानी तोक्ने र पछि स्थायी राजधानीका लागि प्रदेशसभाको बहुमतबाट निर्णय हुने भएकाले पनि सबैलाई राजधानीका विषयमा चासो बढेको छ । प्रदेश मन्त्रालयको लागि भवन, सडक सन्जाल, अन्तर्रा्ष्ट्रिय बिमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्विनी जस्ता कारणले राजधानीकालागि रुपन्देही उपयुक्त हुने उनीहरुको ठहर छ ।