प्रधानमन्त्री देउवा आयाल निगमको घूस खाएर घर फर्किदैः पराजुली (सचिव–अनेरास्ववियु)

२० पुष २०७४, बिहीबार १५:०५

पुस २०, काठमाडौं । एमाले विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सचिव सुदेश पराजुलले वर्तमान प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादर देउवालाई आयाल निगमको घूस लिएर घर फर्किन लागेको आरोप लगाएका छन् । उनले आयोखबरको विशेष कार्यक्रममा बोल्दै वर्तमान सरकारले जनताको बाँच्न पाउने अधिकारलाई कुण्ठित गर्न खोजिएको बताउँदै दैनिक जीवनमा आवश्यक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकोमा विरोध गर्दै आएको बताए ।

महिनामा ४÷४ पटक मूल्यवृद्धि गराई जनताको ढाँड सेक्ने काम गरेको भन्दै मूल्यवृद्धिको निर्णय तत्काल फिर्ता नगरे आन्दोलन सशक्त रहने बताए । उनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएर महिनौ दिन बितिसक्दा समेत सरकार निर्वाचन आयोगले समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक नगरेको भन्दै सडक आन्दोलनको सुरुवात गरेको बताएको छ । निर्वाचनमा वाम गठबन्धनले लगभग दुई तिहाईको हराहारी बहुमत प्राप्त गरिसकेकोले नैतिक रुपमै प्रधानमन्त्री देउवाले पद छाड्नु पर्ने बताउँदै सत्ता र कुर्सीको लोभमा अल्झिरहेको बताए ।

विद्यार्थी नेता पराजुलीले एमाले माओवादी केन्द्रको वाम गठबन्धनले उत्कृष्ठ परिणाम ल्याएको बताउँदै अबको दिनमा कम्युनिष्टहरुको सरकार बन्ने जिकिर गरे । उनले भने पार्टी एकता ऐतिहासिक हुने । दुवै पार्टीका नेता कार्यकर्ताहरुको स्थान व्यवस्थापन गर्दा केही समय लाग्ने भएकाले पार्टी एकता ढिला हुने बताउँदै नेतृत्वमा व्यवस्थापनको तयारी भइरहेको खुलासा गरे ।

उनले भने अबको सरको नेतृत्व वर्तमान एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ३ वर्ष गर्ने, प्रचण्डले २ वर्ष प्रधानमन्त्री कार्यकाल सम्हाल्ने, पार्टी अध्यक्षमा माधव कुमार नेपाल हुने र झलनाथ खनाल राष्ट्रपति हुने कुरा खुलासा गरेका छन् । बाँकी कुरा भिडियोमा हेर्नुस….