गधाको अभाव

१८ पुष २०७४, मंगलवार १०:१८

पुस १८, बेइजिङ् । (एजेन्सी)
चीनले गधाको छालामा लगाएको आयत कर कटौती गरेको छ । देशमा गधाको संख्यामा कमी आएपछि उक्त निर्णय लिइएको हो ।
चीनमा गधाको छालाको प्रयोग परम्परागत औषधी बनाउन प्र्रयोग गरिन्छ ।

सोमबारदेखि गधाको छालाको आयातमा ५ प्रतिशतबाट घटाएर २ प्रतिशतमा झारेको छ ।
चीनमा उक्त छालाबाट बन्ने जीलेटिनको व्यपक माग छ । अफ्रिकी देशमा गधाको प्रयोग सामान आसार्न र यातायातका साधनका रुपमा गरिन्छ । सन् १९९० पछि चीनमा गधाको संख्या करिब आधा भैसकेको छ । चीनमा गधाको मासु पनि अत्यन्त लोकप्रिय छ ।
प्रत्येक वर्ष चीनमा १८ लाख गधाको छालाको कारोबार हुने गरेको छ ।