“घर आँगन नेपाल” र “धुर्मुस सुन्तली फाण्डेसन”का योगदानको पाबसाले गर्यो सम्मान्

१६ माघ २०७४, मंगलवार १२:५६

आयो संवाददाता
माघ १६, काठमाडौं ।
काठमाडौंको चण्डोलस्थित पाबसा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोमबार “घर-आँगन नेपाल”“धुर्मुस-सुन्तली फाउनण्डेसन” संस्थालाई सम्मान गरेको छ ।

सहकारीका अध्यक्ष सरोज पौडेलले घर आँगन नेपाल संस्थाका अध्यक्ष दिपक सिलवाललाई रु ३० हजारको डोमिन हस्तानतरण गरेका थिए ।
सम्मानक्रम्मै “धुर्मुस–सुन्तली फाउण्डेसन”का कुञ्जना घिमिरेलाई रु ७०,००० को डोमिन अध्यक्ष सरोज पौडेलले नै हस्तानतरण गरेका थिए ।

“घर–आँगन नेपाल”बारे

विभिन्न आर्थिक समस्याको प्रवाह नगरी उक्त संस्थाका अध्यक्ष दिपक सिलवाल निरन्तर समाजसेवामा लाग्दै आएका छन् । उनले आर्थिक अभावमा पिल्सीरहेको अवस्थामा पनि सुतकेरी बेथाले तिन दिनदेखि छट्पटाईरहेकी सन्तमाया तामाङलाई हेलिकप्टरबाट उद्दार गरेका थिए ।

“धुर्मुस–सुन्तली फाण्डेसन”बारे

यस संस्थाका संस्थापक हाँस्य कलाकार सिताराम कटेल र कुञ्जना घिमिरे हुन् । यस संस्थाले मूलतः दैवी प्रकोपमा परेकाहरुलाई विशेष सहयोग गर्दै आएको छ । यस संस्थाले हालसम्म तिनवटा परियोजना पुरा गरिसकेको छ भने, हालै “नमुना नेपाल” नामक चौँथो परियोजना जारी छ ।