माघ ७, काठमाडौं ।
प्रदेश ३ का प्रदेश सांसदहरुको सपथ ग्रहण समारोह सम्पन्न भएको छ ।
सुरुमा प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय प्रशासन कार्यालयमा सपथ ग्रहण गराएकी छिन् ।
त्यसपछि पौडेलले प्रदेशसभा सदस्यहरुलाई शिक्षा निर्देशनालयको हलमा सपथ ग्रहण गराएका छन् ।
प्रदेश ३ को पहिलो बैठकको समय भने निश्चित भइसकेको छैन ।
