डिजेल र पेट्रोलको मूल्य बढ्यो

४ माघ २०७४, बिहीबार ०९:४७

माघ ४, काठमाडांै ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ ।

 

इन्डियन आयल कर्पाेरेसन (आइओसी)ले मंगलबार पठाएको नयाँ मूल्यअनुसार डिजेल र पेट्रोलमो मूल्य बढेर आएकाले डिजेल र मटीतेलमा दुई रुपैयाँ तथा पेट्रोलमा प्रतिलिटरमा एक रुपैयाँ मूल्य वृद्धि गरिएको हो ।


निगमले अन्तराष्ट्रिय बजारमा मूल्य बढेर आएकाले सोही अनुसार स्थानीय बजारमा मूल्य समायोजन गरेको जानकारी दिएको छ ।

  • समायोजनपछि पेट्रोल प्रतिलिटर १ सय ३ रुपैयाँ र डिजेल तथा मटीतेल ८१ रुपैयाँ पुगेको छ ।

  • मूल्य समायोजनपछि डिजेलमा ३ रुपैयाँ ५३ पैसा घाटा छ भने पेट्रोलमा २ रुपैयाँ ६७ पैसा नाफा छ ।

 

                                               

  • एलपी ग्यासमा २ रुपैयाँ घाटा भए पनि मटीतेल र हवाई इन्धनमा भने नाफा छ ।