माघ ३, काठमाडौं । (एजेन्सी)
इस्लामिक लडाकू बोकोहरामले सोमबार सार्वजनिक गरेको एउटा नयाँ अनैतिक भिडियोमा झन्डै चार वर्षअघि सामूहिक अपहरणमा परेका कम्तीमा १४ जना चिबोक छात्राहरुलाई देखाइएको छ ।
तिनीहरुको मुक्तिका लागि विश्वव्यापी अभियान र सरकार र लडाकूहरु बीच वार्ता भइरहे पनि उक्त भिडियोमा भने ती छात्राहरुले आप्mना अभिभावककहाँ नफर्कने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गत वर्षको मे महिनायताको यस अपहरण काण्डको यो पहिलो भिडीयो हो । बोको हरामले नाइजेरियाको बोर्नाे राज्यबाट २ सय १९ जना छात्रालाई अपहरण गरेको थियो ।
(भिडियोको लागि यहाँ क्लिक गर्नुहोस्) https://www.aljazeera.com/news/2018/01/boko-haram-video-purports-show-chibok-girls-180115173617728.html
