पुस ३०, काठमाडौं ।
ग्रिल तथा स्टिल व्यवसायी संघ ललितपुरको अध्यक्षमा पुनः सुदन विष्ट चयन भएका छन् । शनिबार सम्पन्न संघको पाँचौँ साधारणसभाले विष्टको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष्मा मंगलकृष्ण श्रेष्ठ, उपाध्यक्षमा कुमार श्रेष्ठ, महासचिव शिवबहादुर सुनुवार, सचिवमा भगत सुवेदी र कोषध्यक्षमा नारायण श्रेष्ठ, विशाल श्रेष्ठ, सूर्य श्रेष्ठ, धु्रव राउत र पर्शुराम राउत निर्वाचित भएका हुन् ।
उक्त अवसरमा ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले व्यवसायीहरुलाई सरकारको कानुनी दायरामा आई व्यवस्थित र मर्यादित भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।
उनले हालै फलाम र निर्माण सामग्रीमा भएको. मूल्य वृद्धि फिर्ता गराउन पनि सरकारको ध्यानकर्षणसमेत गरे ।
