रुपन्देहीको तिलोत्तमा व्यापार मेला सुरु

२६ पुष २०७४, बुधबार १४:३०

तेजेन्द्र केसी,
पुस २६ बुटवल ।
व्यवसायिक दक्षता अभिवृद्वि र स्वरोजगार, सुदृढ आर्थिक विकासका निम्ती व्यापार विस्तार भन्ने नाराका साथ आज मणिग्राममा तिलोत्तमा व्यापार मेला सुरु भएको छ ।

तिलोत्तमा व्यापार संघको आयोजनामा मेला सञ्चालन भएकोह हो । आगमी माघ ९ गतेसम्म चल्ने तिलोत्तमा व्यापार मेलाको रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्कर्माले उद्घाटन गरेका हुन् । सोही कार्यक्रममा बोलदै प्रतिनिधि सभा सदस्य विश्वकर्माले मुलुक आर्थिक विकासको बाटोबाट अघि बढाउनु पर्ने बताएका छन् । उनले राजनीतिक उपलब्धीसंगै देशलाई स्थायी शान्ति र सम्वृद्विको बाटोमा अघि बढाउनुको विकल्प नभएको बताए ।   केही समयभित्रै मुलुकले स्थिर सरकार पाउने र उक्त सरकारले शान्ति, सुशासन, स्थिरता र विकासलाई मुल मुद्दा बनाएर अगाडि बढ्ने उनको भनाई छ । पूर्व कृषि मन्त्रीसमेत रहेका नेकपा एमालेका स्थायी समिति सदस्य विश्वकर्माले हिजोमा परिवर्तनका उपलब्धीहरुलाई संस्थागत गर्नुपर्ने बताए । परिवर्तनको सबैभन्दा ठ्रूलो उपलब्धी संविधान निर्माण भएकाले सबै मिलिे संविधान कार्यान्वयन गरेर जनताका चाहानाहरुलाई पुरा गर्नुपर्ने बताए ।


उनले परिवर्तनबाट प्राप्त गरिएको उपलब्धी संविधान कार्यान्वयन गर्नमा देउवा सरकारले आनाकानी गरेको दावी गरे । वाम गठबन्दनलाई तलवितल बनाउने मनसायले देउवा सरकारले आफ्नो पोर्ड झुण्डाई राखेको आरोप लगाए । देशलाई स्थिरतामा लैजानका लागि वाम गठबन्दनलाई दुई तिहाई मतको नजिक पुुग्ने जनताले मत दिएपनि देउवा सरकारले जनताको मतलाई बुझ्न नसकेको बताए । निर्वाचनबाट ताजा जनादेश आइसकेपछि पनि वर्तमान सरकार अनेक बहानामा सत्ता लम्ब्याउने खेलमा लागेको बताए । उनले मेला तथा प्रदर्शनीहरुले भाषा, संस्कृतिको संरक्षण र उद्योगी व्यवसायीलाई प्रवद्र्वन गर्न मद्वत पुराउने बताए । बारमबार व्यवसायीमाथिको हत्या र आतंकले व्यवसायीको सुरक्षामा चुनौती थपिएको उल्लेख गर्दै उनले राज्यको कमजोरीका कारण हत्याका शृंखला दोहोरिएको बताए । कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य लिला गिरीले अवको लक्ष्य मुलुकको आर्थिक विकास रहेको बताए ।
उनले मेला तथा महोत्सवले व्यापार बिस्तार, उत्पादनको बजारीकरण र व्यवसायीकरणमा सहयोग पु¥याएको बताए । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य दधिराम न्यौपानेले अव राजनीतिक आन्दोलन सकिएकाले आर्थिक विकास अवको प्रमुख एजेण्डा भएको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय डा. कृष्ण न्यौपाने, भोजप्रसाद श्रेष्ठले विकसित र सम्वृद्वि राष्ट्रको रुपमा देशलाई अगाडी बढाउने बेला आएको बताए । कार्यक्रममा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराई, नेपाली कांगे्रसका हरिलाल पाण्डे, जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विक, तिलोत्तमा नगर नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, सैनामैना व्यापार संघका अध्यक्ष जीवनाथ पाण्डे, पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जीसी लगायतले बोलेका थिए ।  तिलोत्तमा व्यापार संघ तथा मेला आयोजक मूल समितिका संयोजक जेपी कंडेलको अध्यक्षता, महासचिव विष्णु वरालको सञ्चालन र उपाध्यक्ष बाबुलाल भुसालको स्वागतमा कार्यक्रम भएको थियो । मेला उद्घाटन हुनुपूर्व तिलोत्तमा नगरको विभिन्न ठाउंबाट झांकी तथा ¥यालीहरु निकालिएको थियो । माघ ९ गतेसम्म चल्ने मेलामा कृषि, गार्मेन्ट, हस्तकला, खाद्यान्न, होटल तथा रेष्टुरेन्टलगायतका ३२५ स्टल सहभागी रहेका छन् ।