पुस २६, काठमाडौं ।
जाम्बियाको राजधानी लुसाकामा हैजाका कारण गत महिनायता कम्तीमा पनि ३० जनाको मृत्यु भएको थियो । तर अहिलेसम्म पनि हैजाको प्रकोप रोकिएको छैन् ।
यो संत्रमणबाट गत अक्टोबरदेखि अहिलेसम्म ३० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले मंगलबार जनाएका छन् । हैजाको संक्रमण भएको सयाँै जना बिरामी अस्पताल भर्ना भएको पनि बताइएको छ ।
स्वास्थ्य मन्त्रालयाले योसँगै हैँजाबाट प्रभावित भएकाको संख्या करिब एक हजार पुगेको जनाइएको छ । हैजाको प्रकोप अझै फैलिने खतरा रहेकोले गम्भीर रुपमा यसका निराकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानकर्षण गराइएको छ ।
