१४ तोला सुनसहित राई समातिए

२५ पुष २०७४, मंगलवार १०:००

पुस २५, काठमाडौं ।
संखुवासभाको खाँदबारी नगरपालिका–घर भई काठमाडौं हाँडीगाउँ बस्ने क्युवाङ राई र कपन बस्ने उदयपुर घर भएका २१ वर्षीय शिव कार्कीलाई १४ तोला सुनको बाला, ६ थान र नगद १ लाख ४३ हजार ५ सय १५ रुपियाँसहित पक्राउ गरेको छ ।

काठमाडौं महानगर–२६ मित्रनगरस्थित श्यामप्रसाद भुसालले सञ्चालन गरेको होटेल न्यु सम्राट एन्ड रेष्टुरेनटको १ सय २ नम्बरको कोठामा प्रहरीले आइतबार तलासी गर्दा उनीहरुको साथबाट उक्त सुन र नगद बरामद भएको हो ।