सरकारी गाडीको कसरी हुन्छ दुरुपयोग ? (भिडियो सहित)

२७ पुष २०७४, बिहीबार ०७:०९

दिनेश खड्का
पुष २७ , विराटनगर ।
कोशी अञ्चल अस्पताल,विराटनगरको स्वामित्वमा रहेको सरकारी गाडि निजी कामहरुमा प्रयोग हुने गरेको पाईएको छ ।

 

उक्त अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा.रोशन पोखरेलले घरायसी कामकाजको लागि अस्पतालको गाडी प्रयोग गर्ने गरेको पाईएको हो । बा २ झ २७९० नंको गाडि डाक्टर पोखरेलले छोराछरीलाई विद्यालय पठाउन र श्रीमतीलाई उनको गन्त्वयसम्म पु¥याउन दैनिक रुपमा प्रयोग हुने गरेको पाईएको छ । डां पोखरेलले सरकारी नं प्लेटको उक्त गाडि छोरा छोरीलाई स्कुल र श्रीमतीलाई गन्त्वयसम्म पु¥याउन मात्र होईन घरको दैनिक कामकाजमा पनि प्रयोग गर्ने गरेको स्रोतको दावी छ । डां पोखरेलले घरको रासन आर्सान देखि परिवारिक घुमघामको लागि समेत सरकारी गाडि नै प्रयोग गर्ने गरेको पाईएको छ ।

 

किन प्रयोग हुन्छ सरकारी गाडी नीजि प्रयोजनमा ? छोराछोरीलाई विद्यालय लान र श्रीमतिलाई बजार जान सम्म कस्ले दियो अधिकार ? के राज्यको ढुकुटीमा टाठाबाठा र पँहुचवालाले मात्र तर् मारिरहने हो ? हैन भने आखिर किन प्रयोग हुन्छ सरकारी गाडी व्यक्तिगत काममा ?

घरायसी कामकाजमा प्रयोग हुने उक्त गाडिमा उनले ड्राईभर समेत कोशी अञ्चल अस्पतालकै प्रयोग गर्ने गरेका छन् । कोशी अञ्चल अस्पतालमा विरामी ओर्सान एम्वुलेन्सको अभाव भईरहेको अवस्थामा डा. पोखरेलले पद र शक्तिको प्रयोग गरी निजी प्रयोजनका लागी सरकारी गाडी निकालेका हुन् । उनको यो बलमिच्र्या आखिर कहिल्य सम्म ? प्रश्न जनजनको ।