बाजुरामा कार्यालय सहयोगीको भरमा एक्सरे सेवा 

२३ पुष २०७४, आईतवार १०:४१

मदन वि.क.
पौष २३, बाजुरा ।
जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा दैनिकजसो नियमित आउने विरामीहरुको एक्सरे सेवा कार्यालय सहयोगीले गर्दै आएका छन् ।

एक्सरे गर्ने कर्मचारी अस्पातलमा उपस्थित नभएकोले कार्यालय सहयोगी दिलबहादुर बिष्टले दैनिक बिरामीको एक्सरे गर्दै आएका छन् । एक्सरे सेवा दिने कर्मचारी कोही नहुँदा बिगत एक साता देखि कार्यालय सहयोगी विष्टले एक्सरे सेवा दिदै आएका हुन । जिल्ला स्वास्थ्य कार्यलयमा कार्यरत रेडियो ग्राफर वोलराज आर्चाय घर बिदामा गएपछि कार्यलय सहयोगी विष्टले एक्सरे सेवा दिदै आएका छन् । ड्राक रोम असिटेन्ट प्रभा भण्डारीले रेडियो ग्राफरमा नाम निकालेर दार्चुल्ला गएपछि उक्क्त पद एक महिना देखि रिक्क्त भएको थियो । एकजना मात्र रेडियो ग्राफर रहेका आर्चाय घर बिदामा गएपछि कार्यलय सहयोगीले एक्सरे गर्दै आएको जिल्ला स्वास्थ्य कार्यलय प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताउनु भयो ।

यस अघि एक्सरे सेवा दिदै आएका वोलराज आचार्य घरमा जरुरी काम भएर बिदामा गएका छन् । आफु नहँदा उनले एक्सरे सेवा कार्यलय सहयोगी विष्टलार्ई सिकाएर घर गएका छन् । कार्यलय सहयोगी विष्टले एकै जना विरामीको चार पाँच पटक एक्सरे गर्ने गरेका छन् । कार्यलय सहयोगिले गर्दा अलि बिरामीको रोग पत्ता लगाउन र उपचार गर्नमा समस्या भईरहेको डाक्टरहरुले बताउने गरेका छन् । दैनिक जिल्ला अस्पतालमा दश देखी बिस जनाको एक्सरे कार्यलय सहयोगिले गर्दै आएका छन् । जटिल खाले रोगको एक्सरे भने जिल्लामा सम्भव नभएको जिल्ला अस्पताल बाजुराले जनाउँदै आएको छ । “नियमले कार्यलय सहयोगिले एक्सरे गर्ने कुनै अधिकार हुदैन । तर बाध्यता रेडियो ग्राफर नभएर कार्यलय सहयोगीले एक्सरे गरदै आएको जनस्वाथ्य अधिकृत रमेश कुवरले वताएका छन् ।