फ्रान्सेली राष्ट्रपति कामुक उपन्यासका लेखक

२ माघ २०७४, मंगलवार ०९:०४

माघ २, काठमाडौं । (एजेन्सी)

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले कुनै बेला एक कामुक उपन्यास लेखेको खुलासा भएको छ । इम्यानुयलकी पत्नी ब्रिगिट म्याक्रोको आत्मकथामा उक्त प्रसंग उल्लेख गरेकीे छिन् ।
बिग्रिटसँगको रोमान्सलाई कामुक उपन्यासको रुप दिएको उल्लेख गरिएको छ ।

४० वर्षका इम्यानुयलले आपूmभन्दा २४ वर्षले जेठी आफनी ड्रामा शिक्षक बिग्रेटसँग विवाह गरेका थिए । राष्ट्रपति इम्यानुयल म्याक्रोले स्कुलको एक नाटक कार्यक्रमका क्रममा ती नाट्य शिक्षकसँग प्रेम गर्न थाले ।


आप्mनो घरका सदस्यहरुको विरोधका बाबजुद इम्यानुलले २४ वर्ष जेठी ती शिक्षिकासँग आप्mनो सम्बन्ध कायम राखे ।
ब्रिगिटको आत्मकथा “बिग्रिट म्याक्रो”, दि लिबरेटेड वुमन अर्काे हप्ता प्रकाशित हुनेछ । म्याक्रोका एक नातेदार छिमेकीले ३ सय पृष्ठको उक्त कामुक उपन्यास टाइप गरेका थिए ।

म्याक्रोका छिमेकीले क्लोजर म्यागेजिनलाई बताए “त्यो एउटा साहसी उपन्यास थियो, कामुक पनि । उपन्यासका पात्रहरुका नाम वास्तविक नभए पनि त्यसमा म्याक्रोले त्यतिबेला गरेका अनुभव र महसुसका बारेमा लेखिएको हो, भन्ने मलाई लाग्छ ।”