प्रधानमन्त्रीलाई कस्ले दियो टोपी ?

१७ पुष २०७४, सोमबार १०:०७

पुष १७ ,काठमाण्डौं ।
नेपाल टोपी प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई टोपी उपहार दिएको छ।

 

पाँचौँ अन्तराष्ट्र्रिय नेपाली टोपी दिवसको अवसर पारी प्रतिष्ठानका अध्यक्ष शंकर बन्जाडेसहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री देउवालाई टोपी उपहार दिएको संस्थाका सचिव प्रकाश अधिकारीले जानकारी दिएका छन् । सो अवसरमा प्रधानमन्त्री देउवाले टोलीलाई नेपाली टोपी लगाई शुभकामना समेत दिएका थिए । जनवरी १ आजकै दिन यसवर्ष पनि गैरआवासीय नेपाली संघको समन्वयमा विश्वका ७८ देशमा नेपाली टोपी दिवस मनाइरहेको जानकारी दिदैं प्रतिष्ठानले नेपाली टोपी प्रवद्र्धनको माग गरेको थियो। प्रधानमन्त्री देउवा प्रतिष्ठानका संरक्षकसमेत हुन्।