निरन्तर भोड्काको सेवनले ब्रेन ड्यामेज, बिक्रीवितरणमा किन लागेन रोक ?

२६ पुष २०७४, बुधबार ११:४६

शशिशेखर घिमिरे
पुस २६, काठमाडौं ।
मानिसहरु वेचैनी कम गर्न, निद्रा र मज्जाको लागी भन्दै अत्यधिक  रक्सी पिउने गर्छन् । तर यस खाले रक्सीले क्षणिक आनन्द र रमाईलो दिए पनि त्यसले कालान्तरमा स्वास्थयमा नराम्रो असर गरिरहेको प्रशस्त उदाहरण समाजमा देख्न सकिन्छ ।

हाल विश्व जग्तमा पनि मदिरा सेवनका पारखीहरुको संख्या वढेको छ । निरन्तरको मदिरा सेवनले त्यसको लतमै फस्दै गएकाहरुको स्वास्थ्यमा गंम्भीर समस्या देखा परेपछि मात्र मानिसहरु पछुताउने गरेको देखिन्छ । हो, पछिल्लो समय रुस्लान नाम गरेको भोड्काको अत्यधिक प्रयोगका कारण मानिसहरुमा विभीन्न किसीमका प्राणघातक रोगहरु लाग्न थालेका छन् । ति मध्येका एक हुन्, काठमाण्डौंका योगेश्वर राई । जस्ले अत्यधिक रुसलान भोड्काको सेवनको कारण आफूलाई बर्बाद पारे । निरन्तरको टाउको दुख्ने समस्याका कारण नर्भिक अस्पतालमा स्वास्थ्य परिक्षण गर्न जाँदा गंम्भीर खाले बे्रन ड्यामेजको समस्या आएको चिकित्सकले बताएको देखिएको छ ।

राई मात्र हैन रुस्लान भोड्काको सेवनकै कारण यहाँ थुप्रै मानिसहरु अनेक खाले रोगका शिकार हुदै गएका दुष्टान्त केलाउने हो भन्ने धेरै देखिन्छ । राजधानीको विभिन्न अस्पतालमा यतिखेर कोहि लिवर सेरोसिस त कोहि मृगौलामा हुने समस्या लिएर पुगेको देखिन्छ । ति सवको कारण भोड्काजन्य रक्सी नै रहेको प्रमाणित भईसक्दा पनि यसको बेचविखनमा राज्यले साँधेको मौनता वुझिनसक्नुको छ । यस खाले प्राणघातक भोड्कालाई यथासक्य चाँडो विक्रिवितरणमा रोक लगाउन ढिला पो नगर्ने हो कि ?

हाल विश्वमा विभिन्न प्रकारका मदिराहरु बजारमा प्रशस्तै पाइन्छ । किन्ने पैसामात्रै चाहिन्छ, यहाँ जुनसुकै नाम र ब्राण्डका रक्सीहरु हाम्रो आसपास भेटिन्छ । त्यसो त, विभिन्न थरीथरीका नाम नै नसुनेका रक्सी विषको स्वरुपमा वेच्न राखिएका छन् । तर, मदिरा पिउनको बेफाइदाहरु वा खतराहरु भने कमै उपभोक्तालाई मात्रै थाहा होला । यस्तै एउटा घट्नाका एक प्रतीनीधि पात्र हुन् ‘राई’। जो यतिखेर नर्भिक अस्पतालको वेडमा छट्पटाईरहेका छन्, अनि हिजोको रुस्लानको मज्जाकै कारण यतिखेर जन्म र मृत्युको दोसाँधमा छन् । जसको भोड्काको तीन वर्षे निरन्तर सेवनले ब्रेन ड्यामेज हुन पुगेको छ ।

रुसलान भोडकाको सेवनले के के हुन्छ त ?

ब्रन ड्यामेज

क्यानसर तथा मुटू रोग

स्मरण शक्ति कम वनाउने

मूत्र प्रणालीमा समस्या

SOURCE:NEWS HAMRO