दोहोरो कर तिर्दै बाजुराका व्यापारी, गैरकानुनी रुपमा बाजुराका व्यापारीबाट कर उठादै अछाम

१९ पुष २०७४, बुधबार १०:४९

मदन वि.क.
पौष १९, बाजुरा ।
बाजुरा जिल्लामा व्यवसायीक रुपमा व्यवसाय गरिरहेका ब्यापारिहरुले दोहोरो कर तिर्ने गरेका छन् ।

अन्तरशुल्क लाग्ने सामानको कर राज्यलाई तिर्नु पर्छ । तर धनगढीबाट बाजुराको सदरमुकाम मार्तडीसम्म सामान ल्याउनका लागि विचबाटोमा पर्ने अछाम जिल्लामा पनि कर तिर्ने गरेको व्यापारीको भनाई छ । अन्य कुनै जिल्लामा यस्तो नियम छैन अन्तशुल्क लाग्ने सामानको कर उठाउने तर अछामले लिने गरेको व्यापारी हंश बहादुर सिंहले बताउनु भयो ।

अन्तशुल्क लाग्ने सामान रक्सि सुतिजन्य लगायत सामानको शुल्क अछामको चौखुट्टेमा अछाम जिल्ला समन्वय समितिले उठाने गरेको छ । कर राज्यलाई तिर्ने हो, तर बाजुरा आउने सुतिजन्य पर्दाथ मदिराको शुल्क लिने गरेको ब्यापारिहरुको गुनासो छ । बाजुरामा धनगढी बाट बाजुराका अधिकांश व्यापारीको सामान आउने गरेको छ ।

बाजुरामा दैनिक जसो १० भन्दा बढि ट्रक अन्तशुल्क सामान बोकेर बाजुरा आउने गरेका छन् । एक ट्रक बाट ७ सय सम्म शुल्क लिने गरेको पाईएको छ । एक दिनमा मात्र ६ हजार भन्दा बढि शुल्क अछामले बाजुराको सामान बाट कर उठाउने गरेको ब्यापारिले वताएका छन् । यस क्षेत्रका व्यापारीहरुले धनगढीबाट, डडेल्धुरा, डोटी र अछाम हुदै बाजुरामा सामान आउने गरेको छ ।

अछाम जिल्लामा बाजुराका व्यापरीहरुबाट कर लिदै आएकाले जिल्ला प्रशासन कार्यालय बाजुरामा पनि बाजुरा उद्योग बाणिज्य संघले विभिन्न पटक यसको बारेमा बुझिदिन पर्यो भन्दै आग्रह गरेको भएपनि जिल्ला प्रशासन कार्याल्य पनि मौन बसेको बाजुरा उद्योग बाणिज्य संघका महासचिव तुलाबहादुर रोकायाले बताउनु भयो । उनले भने बाजरामा झण्डै १५ व्यापारी करको दायरामा रहेका छन् । व्यापारीहरुले मालसामान ल्याउँदा दोहरो करतिर्नुपर्ने बाध्यता छ । जसका कारण यस क्षेत्रमा सामाग्रीहरु दिनप्रतिदिन महँगो भईरहेकोले सम्बन्धित निकायले तत्काल समस्या समाधान गर्न आग्रह गर्ने बताउनु भयो ।

अछाम जिल्लाले अछामको चौखुट्टेमा अन्तशुल्क लाग्ने सामानको कर उठाउदै आएको छ । अछाम जिल्ला समन्वय समितिले ठेक्का मार्फत ठेकेदार बाट शुल्क उठाने गरेको ब्यापारिले वताएका छन् । अछाम जिल्ला समन्वय समितिका सभापति नर बहादुर कुवरले भने अछाम जिल्लाका लागि कर लगाएको हो, तर बाजुरा जाने सामानमा भने नलिनु पर्ने वताउँदै आएका छन् ।

आफु ढिला मात्र समन्वय सभापति भएकाले पहिला देखि नै कर उठाउने भएकाले यो बारेमा खासै जानकारी नभएको र यो बारेमा बुझेर बाजुराका ब्यापारि बाट कर उठाएको भए रोक्न लगाउने कुवरले वताएका छन् ।आन्तरिक राजस्व कार्यलय धनगढीका कर अधिकृत पुरुस्तम लामिछानेले भने अन्तशुल्क लाग्ने सामानको अछाम जिल्ला समन्वय समितिले उठाएको भए गैर कानुनी रहेको उनको भनाई छ ।

अन्तशुल्क लाग्ने सामानको कर आन्तरिक राजस्व कार्यलय र जिल्ला स्थित कोष लेखा नियन्त्रण कार्यलय भन्दा अरु कसैले कर उठाउन नमिल्ने वताए । यदि उठाएको भएमा यो सरासर गल्ति भएको लामिछानेले वताए । बाजुराका ब्यापारिले अछाममा आफुहरुले दोहोरो कर तिर्नु परेको भन्दै जिल्ला प्रशासन लगायत अन्य निकाय सँग पहल गर्दै आएका थिए । तर कतै बाट पहल नभएको ब्यापारि गोरख बहादुर सिंहले वताएका छन् ।