जेब्राक्रसमै लियो ट्रिपरले महिलाको ज्यान

११ माघ २०७४, बिहीबार ०९:०५

माघ, काठमाडौं ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकी नगरमा ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । जेब्राक्रसबाट बाटो काट्दै गरेकी तिलोत्तमा २ की ८९ वर्षीय बिष्णुकुमारी भट्टराईको ज्यान गएको हो ।

जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक महिलाको, ठक्करबाट बिहीबार बिहान ज्यान गए पनि उनको पहिचान भने खुलेको छैन ।

प्रहरीका अनुसार जेब्राक्रसबाट रोड पार गर्दै गरेकी पैदलयात्रीलाई लु १ ख ९८३८ नम्बरको ट्रिपरले ठक्कर दिएको हो ।

जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि जानकी नगर तनावग्रस्त बनेको छ । स्थानीयले ठक्कर दिने ट्रिपर जलाइदिएका छन् भने अन्य ३ वटा ट्रिपरमा तोडफोड गरेका छन्

स्थानीयको प्रदर्शनपछि अहिले राजमार्ग ठप्प भएको छ । अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन भए पनि तनाव नियन्त्रणमा आएको छैन ।