जुम्लामा आगलागी, एकको मृत्यु

२४ पुष २०७४, सोमबार ०६:२०

देवीकृष्ण अधिकारी

पुष २४, जुम्ला ।
जुम्लामा आगलागीका कारण एकजनाको मृत्यु भएको छ ।

सोमबार बिहानै आगलागी हुँदा चन्दननाथ नगरपालिका–४ का लक्ष्मीचन्द्र पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय जग्गीप्रसाद पण्डितको घाँसको थुप्रोवाट सल्लेको आगोका कारण उक्त आगलागी भएको बुझिएको छ ।

विहान ४ वजेतिर लागेको आगोनेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयबासी मिलेर नियन्त्रणमा लिईएको हो ।