सरकारी कर्मचारी गोली र लागूऔषधसहित पक्राउ

१४ माघ २०७४, आईतवार ०७:३३

माघ १४, काठमाडौं ।

लहान जिल्ला प्रशासन कार्यालय सिरहाका कम्प्युटर अपरेटरसहित दुई जना पेस्तोलमा लाग्ने गोली र लागूऔषधसहित पक्राउ परेका छन् ।

कर्जन्हा निवासी सरोज कुमार पासवान र कल्याणपुर निवासी शितल झालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पासवान जिल्ला प्रशासन कार्यालय सिरहामा करारमा कार्यरत कम्प्युटर अपरेटर हुन् । झाले भने सिरहामा रेडियो सञ्चालनको तयारी गरिरहेका थिए ।

  • दुबै जनाको साथबाट कटुवा पेस्तोलमा लाग्ने दुई थान गोली र ९८ थान नाइट्रोजन लगायतका लागूऔषध ट्याबलेट बरामद गरिएको डिएसपी गजुसिधी बज्राचार्यले जानकारी दिए । दुबैजनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको उनले बताए ।