ग्याँस सिलिण्डर लिक भएर बानेश्वरमा तीन घाईते, एकको अवस्था गम्भीर

१ माघ २०७४, सोमबार ०६:०५

शशिशेखर घिमिरे/ तस्वीर: भीम लामा
माघ १, काठमाण्डौं ।
के तपाई हतारमा ग्याँससिलीण्डरको रेगुलेटर बन्द नगरि घर बाहिर निक्लनु त भएन् ? होशियार, सोमबार विहान यस्तै मानविय लापरवाहीको कारण बानेश्वरको थापागाँउ पाठशाला स्कूल नजिक कोठा भाडामा बसेकाहरु लिक भएको सिलीण्डरको कारण घाईते हुन पुगे । बन्द कोठाभित्रको सिलीण्डर लिंक भएर आसपासको कोठामा बस्ने तीन जना घाईते भए ।

घाईते हुनेमा चन्दा लुईटेल, सञ्जय कुमार ठाकुर र सुरेश तामाङ रहेका छन् । ति मध्य चन्दा लुईटेलको अवस्था गम्भीर रहेको छ । घाईतेहरुको सिनामंगलमा रहेको काठमाण्डौं मेडिकल कलेजमा उपचार भईरहेको स्थानीयले बताएका छन् । ग्याँस सिलीण्डर भएको कोठाधनि माघे संक्रान्ती मनाउन घर गएको र उक्त सिलीण्डर लिकका कारण सोहि घरको अन्य कोठामा बस्नेहरु घाईते भएका हुन् ।

सानो कोठाभित्र ग्याँस जाम भएपछि त्यसलाई निकाल्नको लागी छिमेकीले ढोका फोड्ने क्रममा  जाम भएर बसेको ग्याँस वेगले बाहिर निक्लने क्रममा झयालका शिशा फुटेका छन् भने केहि सामानमा समेत झति पुगेको छ । पछिल्लो समय ‘कतै घरभित्र प्रयोग हुने कम गुणस्तरका ग्याँस सिलिण्डर’ ‘त’ ‘कतै मानविय लापरवाहीका कारण’ मृत्युवरण देखि अंगभंग समेत भएका घटना वढ्दै गएका छन् ।

 

तपाईको सानो लापरवाहीका कारण हुनसक्ने संभावित जोखिम र दुर्घटनालाई कम गर्न आफै चनाखो हुन आवश्यक देखिन्छ । समाज परिवर्तनसंगै मानिसका भान्छा-भान्छामा भित्रीएका सुविधायुक्त खाना पकाउने ईन्धनको सहि किसीमले व्यवस्थापन र प्रयोग गर्न जाने  व्यस्त दैनिकीलाई राहात त दिने नै छ, हेलचेक्राई गरे ठूलो मानविय क्षति ।