केन्याबाट ७ नेपाली महिलाको उद्धार

२१ पुष २०७४, शुक्रबार १०:१३

पुस २१, काठमाडौं ।
वैदेशिक रोजगारका सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका नेपाली महिलालाई भारतले उद्धार गरेको छ । ७ नेपालीसहित ३ भारतीय महिलालाई उद्धार गरिएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बताएकी छिन् ।

मानव तस्करीमा संलग्न गिरोहले केन्याको बन्दरगा शहर मोम्बासामा भारतीयासहित नेपाली महिलालाई बन्दी बनाएको थाहा पाए पछि उद्धार गरिएको स्वराजले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराउकी छिन् ।
संगठित मानव समूहको फन्दामा परेर उद्धार गरिएको नेपाली र भारतीय महिलालाई भारत ल्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले बताए ।