कञ्चनपुरमा शितलहर

२० पुष २०७४, बिहीबार ०८:२२

पुष्कर भट्ट

पुस २० कञ्चनपुर ।
केही दिन मौसम सुधार संगै घाम लागेपनी कञ्चनपुरमा फेरि शितलहर सुरु भएको छ ।

विहानैदेखी बाक्लो हुस्सुसंगै चिसो बढेको छ । चिसो वढेसंगै कञ्चनपुर को जनजिवन प्रभावित बन्दै आएको छ ।

चिसो बाट कञ्चनपुर जिल्ला का सुकुम्बासी बस्ती तथा गरीबी को रेखामुनी रहेका जनमानसे को दिनचर्या मा एकदम प्रभाब परेको छ । कञ्चनपुर का नागरिक ले चिसो छल्न बिहानैबाट ठाउठाउ मा आगो तापेर दिन बिताएका छन ।

अन्य बाक्लो हुस्सुले नजिक देख्न समेत कठिन हुँदा सवारी आवतजावतमा समेत कठिनाई देखिएको छ । विहान गुड्ने सवारीहरुले वत्ती बाल्नु परेको छ । शितलहर र बाक्लो हुस्सुले गर्दा कञ्चनपुर मा सवारी दुर्घटनाका संख्यामा पनि वृद्धि भैरहेको छ भने चिसो बढे संगै महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप पनि बढेको छ ।