उपत्यकामा ड्रोन उडाउने विदेशी नागरिक पक्राउ

३ माघ २०७४, बुधबार ०९:१३

माघ ३, काठमाडौं ।

काठमाडौंको बुढालिकण्ठमा ड्रोन उडाउने एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने भारत सिक्किमका २० वर्षीय टोप्तेन लामा छन् ।

बुढानिलकण्ठ नगरपालिका-३ डेरा गरी बस्दै आएका उनले घरको छतबाट ड्रोन उडाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । त्यस घरमा २१ जना भारतीय नागरिक बस्दै आएका थिए ।

लामाले दरबारमार्गस्थित राईजिङ मलबाट मनोरञ्जनको लागि भन्दै गत ८ मंसिरमा ड्रोन ल्याएको प्रहरी समक्ष बयान दिएका थिए ।उनीमाथि थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।