‘इज इट लभ’मा यस्तो देखियो प्रदीप र जसिताको केमेष्ट्री (भिडियो सहित)

२ माघ २०७४, मंगलवार ०४:२७

माघ २, काठमाडौं । प्रतिक्षित चलचित्र ‘लिलिबिली’को पहिलो गीत रिलिज गरिएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रमा समावेश ‘इज इट लभ’ बोलको गीत सार्वजनिक गरिएको हो ।

स्कटल्याण्डको रमणिय लोकेशनमा छायांकन गरिएको गीतमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र नव–नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ । एलिश कार्कीको संगीत रहेको गीतमा प्रताप दास र मेलिना राइको स्वर रहेको छ । गीतलाई राजेश कुमार श्रेष्ठले लेखेका हुन् ।

कबिराज गहतराज कोरियोग्राफर रहेको यो भिडियोलाई सुदिप बरालले खिचेका हुन् ।  मिलन चाम्स निर्देशित यो चलचित्रले वैशाख १४ गतेलाई प्रदर्शन मिति तोकेको छ । चलचित्रमा प्रदीप र जसिताका साथमा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धु्रव दत्त, रितेश चाम्स लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रको गीत सार्वजनिक कार्यक्रममा प्रदिप, प्रियंका, अनुप लगायतका कलाकारहरुको उपस्थिति थियो ।  काफिया फिल्मस, सुदिप प्रोडक्सन र चाम्स ईन्टरटेनमेन्टको संयुक्त प्रस्तुती रहेको चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानि छ । चलचित्रमा अर्जुन जीसीको सम्पादन र चन्द्र पन्तको एक्सन छ ।