आम्दा अस्पताल बुटवलले विना कारण डाक्टरको सरुवा गरेको कर्मचारीको आरोप

१८ पुष २०७४, मंगलवार ०६:४४

तेजेन्द्र के.सी.
पुस १८ ,बुटवल ।
सिद्वार्थ वाल तथा महिला अस्पताल आम्दाले नियम विपरित डाक्टरको सरुवा गरेपछि विवाद भएको छ ।

लामो समय देखि अस्पतालमा कार्यरत डाक्टरको सुरुवा अस्पताल प्रशासनले विना कारण तथा नियम विपरित गरेपछि अस्पतालमा विवाद भएको हो । अस्पतालमा कार्यरत डाक्टर शतिस रुपाखेतीलाई ०७३ साउनमा अस्पताल प्रशासनले दमकमा सरुवा गरेको थियो । एक बर्ष भन्दा बढि समय पछि नेपाल स्वास्थ्य कर्मी तथा कर्मचारी युनियनले सरुवाको बिरोध गरेपछि अस्पतालले नियम विपरित डाक्टर रुपाखेतीलाई सरुवा गरेको खुल्न आएको हो ।
२०६३ फागुन देखि कार्यरत डाक्टर शतिस रुपाखेती आम्दामा कार्यरत थिए । अस्पताल प्रसाशनले २०७३ साउनमा डाक्टर रुपाखेतीलाई आम्दा अस्पताल दमकमा सरुवा गरेको थियो । डाक्टर रुपाखेतीलाई नियतवस सरुवा गरिएको भन्दै सिद्वार्थ वाल तथा महिला अस्पताल, नेपाल स्वास्थ्य कर्मी तथा कर्मचारी युनियनले सरुवाको बिरोध गर्दै आएको छ ।

अस्पतालमा कार्यरत कर्मचारी, डाक्टर जोकोहीको पनि सरुवा प्रकृया स्वभाविक भएपनि डाक्टर शतिस रुपाखेतीलाई नियतवस आफु अनुकुलको मानिस ल्याउनका लागि सरुवा गरिएको युनियनका अध्यक्ष गशेण खड्काले बताए । युनियन सरुवाको बिरोधी नभएको र प्रकृयाको बिरोधी भएकाले गलत ढंगले गरिएको सरुवाका बिरुद्व लागिएको बताए । सरुवा गरिएका डाक्टर शतिस रुपाखेतीले अस्पताल भित्रका वेथितिलाई रोक्न खोज्दा नियत वस आफुलाई सरुवा गरिएको बताएका छन् । सरुवाको बिरोध भएपछि डाक्टर रुपाखेतीलाई सरुवा नगर्ने राजनीतिक दलबीच सहमति भएको थियो । राजनीतिक सहमतिपछि डाक्टर रुपाखेती दुई दिन अस्पतालमा हाजीर भएका थिए ।

राजनीतिक दलले गरेको निर्णयलाई उल्टाउंदै अस्पताल प्रशासनले नियत वस आफ्नो मान्छे ल्याउनका लागि डाक्टर रुपाखेतीलाई अस्पताल आउन नदिईएको कर्मचारी युनियनले बताएको छ । तर आम्दा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत अच्युत सापकोटाले डाक्टर रुपाखेतीलाई केन्द्रिय कार्यालयले सरुवा गरेको बताए । उनले सरुवामा कूनै नियत नरहेको र यो कार्यालयको प्रकृया भएको बताए । कर्मचारी युनियनले नियत वस सरुवा गरिएको भन्दै बिरोध जनाएपछि अहिले आम्दा अस्पताल बुटवलमा आन्तरिक विवाद शुरु भएको छ । अस्पतालले डाक्टर शतिस रुपाखेतीलाई सरुवा गरेर डाक्टर विजय लम्साललाई लिएको छ ।